आज :

सिआईबीले भन्यो– बाँसबारी छालाजुत्ता कारखानाको जग्गा कब्जा गर्न खोजेको देखिएपछि अरुण पक्राउ

  • अनलाइन डबली

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द गरिएको जनाएको छ । सिआईबीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर छालाजुत्ता कारखानाको जग्गा कब्जा गर्ने उद्देश्यले चौधरी ग्रुपले कम्पनी खडा गरेको निष्कर्ष निकालेको छ ।

कम्पनीमा रहेको सरकारी शेयर अरुण चौधरीले नै किनेको सीआईबीले अनुसन्धाधनको क्रममा पत्ता लागेको समेत जनाएको छ । “सिंगो योजना जुत्ता कारखाना गरेर शेयर अनुसार लगानी गर्ने भन्दा पनि बाँसबारीका छालाजुत्ताको जग्गा लिने उद्देश्य देखिन्छ” पत्रकार सम्मेलनमा सिआईबीले भन्यो ।

अरुण कुमार चौधरीसहित तीन जना पक्राउबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको सिआईबीले जानकारी दिएको छ ।

सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार लामो अनुसन्धानपछि मात्र पक्राउ गरिएको हो । उनका अनुसार थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्धन सम्झौता भएको थियो ।

सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ । चौधरी समूहले ८ लाख मात्र लगानी गर्‍यो भने सर्वसाधरणको शेयर नै नखुलाएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal