आज :

आईसीसी यू–१९ विश्वकप : नेपालले भारतसँग खेल्दै

  • अनलाइन डबली

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो १-४५ बजे हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ ।

सुपर सिक्समा यसअघि नेपालले बंगलादेशसँग खेलेको थियो । जसमा नेपाल ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

तर नेपालको भने यो प्रतियोगिताको अन्तिम खेल हो । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

यसअघि विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएका छन् । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो ।

आजको खेलबाट नेपाल आफ्नो इतिहासमा नयाँ रेकर्ड बनाउने दाउमा रहनेछ । तर त्यो त्यति सहज भने देखिदैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal