काठमाडौँ ।व्यावसायिक घराना चौधरी समूहका सदस्य अरुण चौधरी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई बिहीबार काठमाडौँको लैनचौर बात पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कब्जा गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबी प्रमुख प्रहरी अतिक्ति महानिरीक्षक किरण बज्राचार्यले बताउनु भयो ।
चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा मिचेको आरोप छ। चौधरीलाई सरकारी जग्गा हिनामिना र भ्रष्टाचारमा मुद्दा चलाइने बज्राचार्यले बताउनु भयो ।
पक्राउ परेका उनि नेपालका सबै भन्दा धनि बिनोद चौधरिका भाइ हुन् । हाल उक्त जग्गामा सीजी चांदबाग रेजिदेन्सी प्रा लि अन्तर्गत चाँदबाग स्कुल संचालमा रहेका छन् ।
निजी स्वामित्वमा लगिएको सरकारी जग्गा सीजी चाँदबाग रिसेडेन्सी प्रालिको नाममा छ, जसको सञ्चालक अरुण र उनकी श्रीमति रहेको सीआईबीले जानकारी दिएको छ।
यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। तर अख्तियारले केही नगरेपछि सीआईबीले अनुसन्धान थालेको थियो।