आज :

नेपाल–भारत सीमा नाका कटकुइयामा फहराइयो राष्ट्रिय झण्डा

  • अनलाइन डबली

नरैनापुर । नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर–१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाउँपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बोर्ड आउन पोष्ट कटकुईयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राष्ट्रिय झण्डा फहराएका हुन् ।

सो अवसरमा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरणराम खरालले हजारौँ योजनामध्ये नरैनापुरको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नुलाई फहराउन सफल हुनु नरैनापुरबासीका लागि गौरवको विषय भएको बताउँदै आउने वर्षको बजेटमा सीमामा गेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले कटकुइयामा फहराइएको राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मानसम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्दै भने, “कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।”

नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता राजधानीमा मात्र खोज्ने गरेको टिप्पणी गर्दै उनले भने, “राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।”

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेशबिक्रम शाही, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभास बोहरा, अनुसन्धान विभागका एसपी मोहन कुँवर, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ अजय मिश्रा, ४ का मनोज शर्मा, नरैनापुरका प्रेसविज्ञ आलम खान, पत्रकार विनय दीक्षित, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal