आज :

उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात, किसानहरु खुशी

  • अनलाइन डबली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण बिहीबार पनि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

रातिबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँहरु र लुम्बिनी प्रदेशका केही ठाउँहरुमा हल्का वर्षा भइरहेको छ भने उच्च जुम्ला, हुम्लालगायतका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

हिउँदे वर्षा र हिमपात सुरु भएपछि किसान खुशी भएका छन् । यो वर्ष हिउँ नपरी हिउँदे सिजन सकिन लागेको भन्दै किसानहरु चिन्तित थिए । हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेको थियो ।

त्यसैगरी तराईमा लागेको हुस्सु कम हुँदै गएको छ । बिहीबार मध्य तथा पूर्वी तराईका थोरै स्थानहरुमामात्रै हुस्सु लागेको छ ।

बिहीबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै बाँकी पहाडी भु–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal