आज :

प्रधानमन्त्री कप : एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनी भिड्दै

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत बुधबार नेपाल पुलिस र लुम्बिनी प्रदेश तथा एपीएफ र कर्णाली प्रदेशबीच खेल हुँदैछ ।

पुलिस र लुम्बिनी बीचको खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ भने एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित मैदानमा हुनेछ । दुवै खेल विहान सवा ९ बजेबाट हुनेछन् ।

जारी प्रतियोगितामा एपीएफ क्लब ८ खेलबाट २० अंकसहित पाँचौँ स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ ।

त्यस्तै, अहिलेसम्मका खेलमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । पुलिसले ७ खेलमा १४ अंक बटुलेको छ । लुम्बिनीले ८ खेलमा १ जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal