आज :

आईसीसी यू-१९ विश्वकपः आज नेपाल र बंगलादेश भिड्दै

  • अनलाइन डबली

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेश भिड्दैछन् । दक्षिण अफ्रिकामा जारी खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ ।

सेमिफाइनल दौडबाट बाहिरको नेपालले लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने तयारीमा छ । त्यस्तै बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जितको तयारीमा छ ।

खेलमा भारत पहिलो र पाकिस्तान दोस्रो स्थानमा छन् । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत पहिलो नम्बरमा उक्लिएको हो ।

नेपाल भने सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल समूह डी मा पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।

बंगलादेश भारत ८४ रनले पराजित हुँदा आयरल्यान्डलाई ६ विकेट र अमेरिकालाई १२१ रनले हराउँदै सुपर सिक्स खेलेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal