आज :

भूखण्डिकरण बिरुद्द सिद्धिपुरका स्थानीयले चलाए अभियान

  • अनलाइन डबली

ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६ सिद्धिपुर भनिने नेपालभाषामा “थसि” अर्थात् सानागाउँका स्थानीयले भू खण्डिकरण बिरुद्दको अभियान चलाएका छन् ।  स्थानीयले  शुक्रबार   भूमिपुत्र किसानहरुको एक टोलीले स्थानीय वडा कार्यालयमा जुलुस सहित वडाध्यक्ष धर्म महर्जनलाई भेटेर पहिले कृषि तथा सांस्कृतिक क्षेत्र र पछि सांस्कृतिक तथा आवास क्षेत्र बनाइएको सिद्धिपुरमा सुमंगलम फुड्स् प्रा. लि. ले माग गरे बमोजिम जग्गा कित्ताकात गर्न नहुने भन्दै त्यसलाई रोक्न माग गरे ।

 

उनीहरुले आफ्नो वडा क्षेत्रमा स्थानीयलाई भेदभाव र अन्यायपूर्ण ढंगबाट क्षति  पुर्याउने गरी बनाइने नयाँ संरचनाका लागि भूमि टुक्र्याउने गरि ब्याबसायिक  प्लटिङ अस्वीकार गरेका छन् ।  यसै क्रममा वडाध्यक्ष महर्जनले आफू र आफ्नो कार्यालयले स्थानीय जनताको भावनाविपरित कुनै काम नगर्ने स्पष्ट पार्दै सिद्धिपुरको भूमि स्थानीय जनताकै चाहना अनुरुप उपयोग गर्ने स्पष्ट पार्नुभयो ।
त्यस क्रममा स्थानीय कृष्ण कुमार महर्जन र किरण महर्जन लगायतले सिद्धिपुरलाई आफ्नै माैलिकता अनुृूरूप विकसित गर्न दिनुपर्नेमा जोड दिँदै स्थानीय तहले जनताका चाहनाविपरित कसैलाई मनपरी गर्न दिन नहुने माग गर्नुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal