आज :

नेपाः डान्स एकेडेमी को नृत्य मेला सम्पन्न

  • अनलाइन डबली

नेपाः डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा १५० जना आफ्ना विद्यार्थीहरुको ७० वटा नृत्य विधा प्रस्तृत गरेर नृत्य मेला सम्पन्न भएको छ । गणेश बन्दना बाट कार्यक्रमको शुरुवात भएको उक्त कार्यक्रम झण्डै ४ घण्टा लगातार मन्चन भईरहेको थियो ।

काठमाडौ महानगरपालिकाका उप मेयर सुनिता डंगोलको प्रमुख आथिथ्यमा सम्पन्न् भएको कार्यक्रममा विशेष अतिथि यज्ञ मान पति  बज्राचार्य हुनुहुन्थ्यो ।

४ बर्ष देखि ५४ बर्ष सम्मका आफना विद्यार्थीहरुलाई एउटै रमञ्चमा उतारेर शायद नेपाः डान्स एकेडेमीले पहिलो पटक रेकर्ड नै बनाएको छ। काठमाडौंका नेवार समाजमा हुर्केर, बढेर नृत्य क्षेत्रमा केही गरुँ भन्ने अभिलाषा बोकी सन्‌ २०१० मा रोहिया महर्जन र रीना महर्जन सिंह दुइजना नारीहरू मिलेर नेपाः डान्स एकेडेमी स्थापना गरेको संस्था हो । नेपाः डान्स एकेडेमी एउटा यस्तो नृत्य संस्था हो जहाँ विगत १३ वर्ष देखि लगातर नव प्रतिभाशाली बालबालिका देखि लिएर युवा, वयस्क र जेष्ठ नागरिकहरू सम्म नृत्य सिकाइमा आवद्द रहदै आएका छन् । यहाँ विभिन्न प्रकारका नृत्यहरू जस्तै लोक नृत्य, नेवारी, झ्याउरे, मारूनी, सोरथी, धिमे, तामाङ्ग सेलो, कथक, भरतनाट्यम, हिपहप देखि लिएर बॉलीवुड स्टाइलका ७० भन्दा बढी नृत्य विधामा विद्यार्थीहरू प्रशिक्षण लिदै आइरहेका छन् । १० जना विद्यार्थीहरू लिएर सन्‌ २०१० मा काठमाण्डौको क्षेत्रपाटी स्थित ढल्कोबाट आफ्नो यात्राको थालनी गरेको यस एकेडेमीले हाल सम्म २००० भन्दा बढी विद्यार्थीहरूलाइ नृत्यका साथ साथै सांस्कृतिक र ऐतिहासिक ज्ञान पनि प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरूको बढी भन्दा बढी अनुभव र नृत्य कौशलमा सुधार गर्न सकियोस भन्ने हेतुले बेलाबेलामा नेपाः डान्स एकेडेमीले राष्ट्रिय र अन्तराष्ट्रिय ख्यातिप्राप्त नृत्य विशेषज्ञहरूलाइ निमन्त्रणगरी नृत्यकार्यक्रम, कार्यशाला, प्रदर्शन र प्रतियोगिताहरू पनि आयोजना गर्दै आइरहेको छ ।

नेपाः डान्स एकेडेमीले नेपालमा पहिलो पल्ट बसन्तपुरको डबलीमा Mega Dance Competition आयोजना गरेको थियो भने त्यसको लगतै बालबालिकाको लागि टिभि रियालिटी शो- Kids Mega Dance (किड्स मेगा डान्स) संचालनमा ल्याएको थियो । त्यसैगरि आफ्ना विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने हेतुले NDA Festive –Season 1, Season 2 र Season 3 नृत्य कार्यक्रमहरू आयोजना गरिएको थियो भने NDA Victory, NDA Classical Night, NDA Meet & Greet, जस्ता नृत्य कार्यक्रमहरू पनि आयोजना गरिएको थियो । यही दौरानमा Wild Rippers र Sujan, Marpa Tamang, JD Tamu तथा Alize Biannic समूहसित मिलेर work shop संचालन गरिएको थियो भने, नेपाः डान्स एकेडेमीको निमन्त्रणामा भारतका प्रशिक्षक कुमार शर्माले कथ्थक नृत्य सम्बन्धी सातदिने work shop संचालन गर्नुभएको थियो । नेपाः डान्स एकेडेमी नृत्यको क्षेत्रमा रुचि राखी आफ्नो क्षमताको विकास गर्न चाहने विद्यार्थी एवं यस संस्थालाई शुरूका दिन देखि निरन्तर रूपमा आफ्नो सल्हाह,सुझाव एवं मार्ग निर्देशन प्रदान गर्दै आउनुभएका सम्पूर्ण सुभेच्छुक एवं सहयोगी व्यक्तित्वहरूसित हातेमालो गर्दै अगाडि बढ्न दृढ संकल्पित छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal