
पदम श्रेष्ठ –
एक समयको कुरा हो , काठमाण्डौं पचलीस्थित भैरवका पूजारीको मृत्यु भएको ठानी जब घाटमा जलाउन लागेका थिए , तत्काल ठूलो बाढी आई सबै बगाएर खोकना नदिको बगरमा उतारिदिएछन् । चिसोका कारण अचेत ती पुजारीलाई चित्ताको आगोको तापले बौराईदिएछन् । बिउँझ्दा आफुलाई नदिको किनारमा पाएपछि रोइरोइ आफ्नो व्यथा बुङमतिबासीलाई सुनाएछन् । घाट पु¥याएकालाई घरजान वर्जित गर्ने हुँदा सोही ठाउँकी एक महिलासँग घरजमगरी बसाएको बस्ती भएको कारण बुङमतिबासीसंगैको बस्तीलाई रोइरोई बसाएको बस्ती ख्वकना भनिएको आख्यान प्रख्यात छ । देवमाला वंशावली अनुसार ने.सं.६३३ मा राजा अमर मल्लले रुद्रायणी पिठ स्थापनागरि खोकनामा गणनृत्य जात्रा चलाएका हुन् भनिन्छ त्यो घटना दशैंताका भएकाले याहाँ दशैं मनाइँदैन । तर दशैं ताका आश्विन तृतियादेखि षष्ठीसम्म सिकाली गणनृत्य भने हुन्छ याहाँ । प्रत्येक वर्ष तःगुथि, सलांगुथि र जाःगुथिले जात्रा थाप्ने गरिन्छ । दशैं मनाईदैन भनिएतापनि वास्तविकतामा सिकाली अजिमा अर्थात ईन्द्रायणी जात्रा दशैं भन्दा भब्यसंग मनाईन्छ याहाँ ।
कौलाथ्व तृतिया र गुप्त पूजाः
राती अजिमाँ पिठलाई रांगाबली दिई रगत पाता ख्वला ( कचौरा ) मा थापी पुजिन्छ । झण्डै ४६ जना देवगणहरुको सामुहिक तान्त्रिक गणनृत्य कम्ता मार्मिक हुन्दैन ।
कौलाथ्व चौथि र छ्वयलाभूः
देवीलाई चढाएको राँगाको मासुको छोय्ला बनाएर भोज खाइन्छ । त्यस दिन खोकनाबासीको घरघरमा भब्य भोज बनाएर खाईन्छ ।
कौलाथ्व पञ्चमी मूजात्राः
दशैंको पञ्चमीको दिन टेकु स्थित पचलीमा भैरवको क्वँचाद्यो जात्रा भैरहेको बेला खोकनामा महाकाल र बीरभद्रलाई बलिदिई मध्यराती ९ बजे तिर भैरवगण जात्राकै क्रममा सिकाली पिठमा अश्वमेघ यज्ञमा दक्षप्रजापतिले महादेवप्रति अपमान गरिएको सहन नसकि देवी अग्नी कुण्डमा हामफाल्दा उत्पन्न स्थिति झल्काईने गणनृत्य देखाइन्छ ।
कौलाथ्व षष्ठि र सिकाली प्याखँः
बर्षौनी दशैंको बेला खोकनामा आयोजना गरिने सिकाली गणनृत्यलाई राजा अमर मल्लले गुथिराखी १२ वर्षे सिकाली जात्रा काठमाडौंको हनुमानढोका,पशुपतिनाथ , पाटनको मंगलबजार र किर्तिपुरलगायतका देशदेसावर दर्शन पुजनका लागि लैजाने चलन चलाएको बताईन्छ ।
चारसय वर्षपछि किर्तिपुरमा
सिकाली गणलाई स्वागत भोज
सोहि परम्परालाई निरन्तरता दिदै यसवर्ष खोकनास्थित इन्द्रायणीदेवी बाह्र वर्षे गणनृत्यमा सहभागी देवगणहरूको सम्मानमा कीर्तिपुरस्थित ससःत्वाःले १३ गते शुक्रबार एक बृहत्त भोजको आयोजना गर्ने भएको छ ।
यसरी खोकनाको देवगणलाई देशदेशावर पुजा थाप्न बोलाउनाले देशमा मातृशक्तिबाट आर्शिबाद पाईने र समाजमा शान्ति सम्बृद्धि कायम हुने भन्ने बिश्वास पाईन्छ तर किर्तिपुरमा चाहि जनस्तरबाट यसरी चारसय बर्ष अघिदेखि सम्मान भोज हुन नसकेकोले ससःत्वाःले बाह्र वर्षे गणनृत्यका देवगणलाई विशेष सम्मान भोजको आयोजना गर्ने एक पत्रकार भेलामा जानकारी दिएको हो । ४६ जना देवगणलाई सम्मान भोज समर्पण गरिदा भोजमा सहभागी भक्तजनलाई चाहि प्रतिब्यक्ति एक हजार ५ सय रुपियाँ वा ऐच्छिक दान गर्न समेत आयोजकहरुले आव्हान गरेको छ ।
देवगण थकालीको हातबाट टिका थापी , विशुद्ध खोकनाकै देय् भोय् समुदायबाट बनााईने भोजले भक्तजन तथा पर्यटकको लागि छुटटै मौलिक हुने बताईएको छ ।
ससःत्वाःका अध्यक्ष फिरोज सिंहका अनुसार खोकनाको गणनृत्यलाई हरिसिद्धि, पाटनका विभिन्नस्थान ,काठमाडौंको हनुमानढोका , पशुपतीका विभिन्न पिठहरुमा स्वागत गरी सिकाली ईन्द्रायणीदेवीको पुजा निरन्तर चलाउदै आईरहेको तर बाह्र वर्षे गणनृत्यमा सहभागी देवगणलाई कीर्तिपुरमा आमन्त्रण गरी सम्मान भोज खुवाउने परम्परा करिब चारसय वर्षदेखि टुटेको थियो ।
उहाँले भन्नुभयो, “सोही परम्पराको पुनः जागरणको लागि यहि माघ १३ गतेदेखि ससःत्वाःले खोकनाका देवगणलाई सम्मान भोज खुवाउने परम्परा पुनः निरन्तरता दिन लागेका हौं ।”
नेपाल सम्वत ४१० मा खोकनाका देवगणलाई भोज दिने परम्परा टुटेको प्रमाण फेला परेको हो । ससःत्वाःका अध्यक्ष फिरोज सिंहले नेवार परम्परागत खाना पस्कने लक्ष्यले कीर्तिपुरमा खोलिएको ससःत्वाःले यस वर्ष खोकनाका गणनृत्यमा सहभागी देवगणलाई सम्मान भोज खुवाएर परम्पराको पुनजागरण गर्दै उपत्यकामा मात्र नभई देशभर प्रवद्र्धन गर्दै लगिने बताउनुभयो ।
हास्यव्यङ्ग कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल कृषि, जलस्रोत र संस्कृति परम्पराले सम्पन्न देश भएकोले यसको सम्वद्र्धन, प्रचार–प्रसार गर्दा पर्यटनको पनि प्रवद्र्धन हुने बताउनुभयो ।
सो घेषणा सभामा ख्याली जुजु मदनकृष्ण श्रेष्ठले नेपाल कृषि, जलस्रोत र संस्कृति परम्पराले सम्पन्न देश भएकोले यसको सम्वद्र्धन, प्रचार–प्रसार गर्दा पर्यटन प्रवद्र्धनपनि हुने बताउनुभयो । भोज खानलाई कृषि उत्पादन बढाउनु पर्यो , जलस्रोतको बिकास हुन सके उद्योग ब्यापार विजनेस बढ्छ र संस्कृतिको प्रवद्र्धनले पर्यटन फस्टाउँछ उहाँले स्पष्ट पार्नुभएको थियो । सोही कार्यक्रममा हास्य टेलिसिरियल खोतावजीका लेखक÷निर्देशक सुरेन्द्र तुलाधरले ससःत्वाःको गणनृत्यका देवगणलाई सम्मान भोज दिने परम्पराको पुनरजागणरले खोकना, कीर्तिपुर, हरिसिद्धि, पाटनलगायतको भाईचारा ,संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । ने.सं.५६८मा राजा अमर मल्लले सातसय घरसहित बस्ती व्यवस्थापन गर्दा पीठबाट ल्याई याहाँ प्रतिष्ठापित गराएको बताईन्छ । आश्विन शुक्ल तृतीया र कात्र्तिक पूर्णिमाका दिन दुईपल्ट खोकनामा पाटन बुबहालका गुरूजु चैत्यराजद्वारा सिकाली गणनृत्य नचाउँछन । भनिन्छ यो नृत्य ने.सं.१६५देखि धीरजनरसिंह आजुले थालनी गरिएको हो । दशैं–तिहार नमनाउने खोकनावासीले टेकुबासी पुर्खाको स्मरणमा १२वर्षे पचली–सिकाली थानमा पूजा गर्ने परम्परा कायमै छ । यसरी एक बस्तीमा प्रचलित जात्रा पर्वलाई अर्को बस्तीले सम्मान गर्ने परम्परालाई निरन्तरता दिन सके आपसी सदभाव र ऐतिहासिक सास्कृतिक दस्वेजको संरक्षण हुन सक्नेमा विश्वास ब्यक्त गर्न सकिन्छ ।
रोई–रोई बसाएको बस्ती खोकना कहाँ पर्छ ः
सहकालका देवता बिराजमान भएको बस्ती पूर्वमा फुल्चोकी डाँडा र नख्खु खोला, पश्चिममा ध्यानाचो चम्पादेवी र वाग्मती बीचको बस्ती बुङमतीसंगैको तेल उत्पादनको ऐतिहासिक बस्ती खोकना ललितपुर चक्रपथबाट ८ कि.मी.दक्षिणमा पदर्छ । असमान ढिस्का र फाँटबीच बुङमति र खोकना राजा नरेन्द्रदेव र राजा अंशुवर्माको राज्यकाल संवत २९ देखि चर्चामा आएको हो ।
बुँ ले नेपालभाषामा खेत, ग ले अखडा र मती खेतलाई समास गर्दा भएको बुङमती ,राजा नरेन्द्र देवको राज्य ई.सं.६४३–६९० ताका काठमाडौमा १२ वर्ष खडेरीबाट हाहाकार मच्चिएको बेला , कान्तिपुरका आचार्य बन्धुदत्तको उपाय सल्लाहअनुसार ललितज्यापू तण्डुकारलाई बोकाएर कामरुपकामक्षा आसामबाट रातो मच्छिन्द्रनाथ नेपाल ल्याई वर्षा र सहकाल शुरु गराएपछि बाट चर्चामा आएको हो । भनिन्छ ,बुंगमतीमा काठमाडौं, ललितपुर र भक्तपुरबाट तीन सय परिवार ल्याएर बसाइएको थियो । क्षेत्रफल सानो भएपनि मच्छि वहाल, मुननि, तःननि, वरेननि, चाहलननि, गुठननि, मोंखा, इखा, बोंछ ,चाछें , झ्वछे ,पदमपुर, अनरापुर, दिपङ्कर बुद्ध विहार,द्यो क्यवः,बै क्यवः,नाय क्यवः, झुमु ,खाझ, पाउली ,देगचा, जाहोलाखेल छन् । त्यसैगरी चुनिखेल, सतःटोल, कोटालाछी,ताफः,तातुँ, आगँतुँ, नायतुँ ,नःपुखु ,देपुखु ,खाःपुखु, द्योखाँ ,पनेपुखु ,चोगाँ,न्ह्वथा, खान गाः, स्वेचा,चाँह छन् । तर विचमा काठमाडौं उपत्यकाका प्रख्यात चार गणेशमध्ये एक कार्य विनायकले विचमा जोडेर रहेको अर्को ऐतिहासिक बस्ती खोकना छ ।
तेल उत्पादन केन्द्र खोकना नेपालको सर्वप्राचीन सहकारीतामा आधारित तेल उत्पादनको केन्द्र पनि हो भने प्रत्येक वर्ष देश भित्रको ईन्द्रयणी मन्दिरको अगाडिको पोखरीमा गाईजात्राको दिनमा जिउँदै बाख्रीलाई फ्रयाक्ने लुछाचुडी गरी आफ्रनो हातमा पार्न सके वर्ष पुरुषको घोषणा गरिने विक्षिप्त वर्षको पहिचान बनाएको बस्तीपनि हो ।