आज :

साँखुमा महाकुम्भ मेला ,माधव नारायण मेला आजबाट सुरु

  • बुद्धशरण शाही

    काठमाडौँ । साँखुमा प्रत्यक बर्ष मनाइने  महा कुम्भ मेला ,माधव नारायण मेला आजबाट सुरु भएको छ ।  मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिकाले  तैयारी थालेको छ  ।    भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै समितिले सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा.लि बाबागोकर्णेश्वर प्रा.लि. द्वारा सञ्चालित बसहरु जस्तोसुकै अवस्थामासमेत सेवा दिन तयार रहेने जनाएको छ  ।

व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरुको सेवाको लागि सबैभन्दा पहिले लगत संकलनको लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिने जनाइएको छ । व्रतालुहरुको लागि समितिले व्रत शुरु हुनुभन्दा केही अगाडिदेखि नै व्रतालुहरुको लागि बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको जनाएको छ । व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा व्रतालुहरुलाई आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गरिएको छ । साथै बाटोमा हिँड्नको लागि आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट, सक्वक्र्यु, नेपाल रेडक्रस सोसाईटी साँखु शाखा, स्वयमसेवकहरु र विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा आवश्यक बन्दोवस्तीका सामानसहित स्वयमसेवकहरु परिचालन गरिने जनाएको छ ।

यसै गरि मेला अवधि भरि साँखु जोरपाटी सडक क्षेत्रमा बिहान ८ बजे बात बेलुकी ८ बजे सम्म मालवाहक सवारी साधन संचालनमा रोक लगाइएको छ l

काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष  एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला लाग्छने गर्दा छ  । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal