काठमाडौं । आजबाट ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण सुरु हुने भएको छ । २०५८ सालदेखि निरन्तर हुँदै आएको आहारारा पोखरा गोल्डकप आज दिउँसो २ बजेबाट पोखरा रंगशालास्थित फुटबल मैदानमा खेल सुरु हुँदैछ ।
पहिलो खेल आयोजक सहारा र थ्रीस्टार क्लबबीच हुने भएको छ । खेलमा थ्रीस्टारले हालसम्म ५ पटक र सहाराले एकपटक उपाधि जितेका छन् ।
प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ । उपाधिको लागि एक विदेशीसहित १२ टिमले सहभागी हुने आयोजकले जनाएको छ ।
आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङका अनुसार प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार सहभागी हुँदैछन् ।
भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताएपनि अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।
माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


