आज :

बागमतीमा लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी

  • अनलाइन डबली

काठमाडौं । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको छ ।

लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार ११३ जना कर्मचारीका लागि आवेदन खुलाएको हो ।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक संख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको बताएका छन् ।

उनले यति धेरै संख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको दाबी गरे ।

आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारीसमेत गरी एकैपटक १ हजार ११३ कर्मचारीको माग भएको हो ।

बागमती प्रदेशमा संघीय राजधानी काठमाडौंसहित १३ जिल्ला र तीन महानगरपालिकासहित ११९ वटा स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal