आज :

अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ: गर्भनर अधिकारी

  • अनलाइन डबली

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका उत्तारचढाबहरुबाट समाधान हुँदै जाने बताएका हुन् ।

अधिकारीले भने,‘ समग्र रुपमा बैंकिङ सिस्टममा चुनौतीहरू छन् । चुनौतीविहीन हाम्रो सिस्टम छैन् । पछिल्ला समयमा खासगरी रिकभरीको चुनौती छ, यो सँधै रहने होइन । अर्थतन्त्रमा केही उत्तारचढाब आँउछन् तर मुलुकको अन्य खम्बाहरु बलियो बन्दै गएकाले त्यसले सपोर्ट गर्छ ।’ उनले समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रुपले हेर्ने गरेको साथै निर्माण सुस्त भएका कारण ठूला उद्योगमा असर परेको भएता पनि अर्थतन्त्र सोचेजति नकारात्मक नभएको दावी गरे ।

‘समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रूपले हेरेपनि अर्थतन्त्र त्यस्तो नराम्रो छैन् । यद्यपी, लगानी कम भएकै हो । निर्माणहरु सुस्त भएको कारण ठूला उद्योगमा असर परेको छ । त्यसको सुधार हुन्छ भन्नेमा विश्वास छ’ अधिकारीले भने ।

गर्भनर अधिकारीले बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेका भन्दै भने, ‘बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेको छ । समग्र माग चाहीं अलिक कमजोर भइरहेको छ । हाम्रो अर्थतन्त्रमा जसको फलस्वरुप प्रचुर रुपमा माग भएको छैन् । माग छैन भन्दैमा जथाभावी दिनपनि भएन ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal