
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड आज स्वादेश फिर्ता हुँदैछन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वादेश फिर्ता लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड स्वादेश फिर्ता हुने क्रममा युगान्डाबाट नेपाली समयअनुसार २ः४५ बजे कतारको दोहा अवतरण गरेका थिए ।
प्रधानमन्त्रीसहितको नेतृत्वको प्रतिनिधिमण्डल बिहान ९ बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने सचिवालयले जनाएको छ।