आज : २०८१ पौष, २७

वीर अस्पतालमा विरामीका लागि खाना र खाजालगायतका सुविधा नखोस्न सर्वोच्चको आदेश

  • अनलाइन डबली
  • २०८० माघ ०५ गते   ०७:३७ बजे

काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालमा विरामीका लागि खाना र खाजालगायतका सुविधा नखोस्न आदेश दिएको छ ।

न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको इजलासले विरामीको खाना, खाजा र अक्सिनजको सुविधा कटौती नगर्न आज शुक्रबार सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
रीट निवेदक अधिवक्ता पोखरेलले १३७ वर्षदेखि विरामीलाई दिइदै आएको खाना, खाजा र अक्सिजनको बजेट काटेर सरकारले खेलवाड गरेको दाबी गर्दै रिट दायर गर्नुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत खाना र खाजाको बजेट घटाएको थियो । विनियोजित बजेट सकिएपछि वीर अस्पतालले विरामीको खाना तथा खाजा सुविधा कटौती गरेको छ ।

वीर अस्पतालको स्थापनादेखि नै गरीब तथा निमुखा विरामीहरुलाई खाना, खाजा, अक्सिजनलगायतको सुविधा दिईदै आएकोमा यस वर्ष पहिलो पटक उक्त सुविधा खोसिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal