काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट सवारी लाइसेन्स छपाइका लागि ६ लाख कार्ड नेपाल आइपुगेको छ । रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइका लागि १२ लाख कार्डमध्ये ६ लाख कार्ड नेपाल आइपुगे पछि रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ सुरु हुने भएको हो ।
गत आर्थिक बर्ष २०७९–८० मा टेण्डर गरेअनुसार कार्ड नेपाल आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा टेण्डर गरेको १२ लाख कार्डमध्ये छ लाख कार्ड आइपुगेको छ, भने अन्य कार्ड विस्तारै आउने।
जर्मनिको मूलवर्गसँग १२ लाख कार्ड छपाइका लागि आर्थिक बर्ष २०७९–८० मा सम्झौता भएको थियो ।
विभागका प्रवक्ता पनेरुका अनुसार कार्डहरुको ल्याव परीक्षण गर्न धेरै लामो समय नलाग्ने भएकाले १० दिनमा लाइसेन्स छपाइ प्रक्रिया सुरु गरिने बताउनुभयो । उहाका अनुसार स्मार्ट कार्डको अभावमा नियमित प्रिन्ट यतिबेला रोकिएको छ। सन् २०२२ को जुलाइदेखि कार्ड वितरण गर्न नसकिएको उहाँले बताउनुभयो।
विभागसँग रहेको मौजुदा प्रिन्टर एउटाले १६ घण्टासम्म निरन्तर चलाउँदा पनि दैनिक चारदेखि पाँच हजारभन्दा बढी प्रिन्ट गर्न सक्दैन।जसका कारण अहिलेसम्म करिब १४ लाख लाइसेन्स छापेर वितरण गर्न सकिएको छैन । चालु आर्थिक वर्षमा थप एउटा मेसिन किन्नका लागि टेण्डरको प्रक्रियामा रहेको पनेरुको भनाइ छ ।


अनलाइन डबली




