आज :

सहकारी विभाग अगाडि नेविसंघको नाराः रविविरुद्ध उजुरी दर्ता गर, ३६ सय जनताको पैसा फिर्ता गर !

  • अनलाइन डबली

काठमाडौं । नेपाल विद्यार्थी संघले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध उजुरी बोकेर सहकारी विभाग पुगेको छ । नेविसंघले उजुरी दर्ता गरेर लामिछानिमाथि छानविन गरी पीडित बचतकर्ताको रकम फिर्ता गर्न लगाउनुपर्ने बताएको छ ।

नेविसंघका नेता कार्यकर्ताहरुले सहकारी विभाग अगाडि नारबाजी समेत गरेका छन् । पूर्वउपप्रधान र गृहमन्त्री समेत रहेका लामिछानेले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ हिनामिना गरेर ३६ सय बचतकर्ताको उठिबास लगाएको बताउँदै नेविसंघले कारवाहीको माग समेत गरेको छ ।

नेविसंघले यस्तो घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ । लामिछानेले शक्तिको आडमा सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेको भन्दै यसले सहकारीप्रतिको जनविश्वासलाई कमजोर पारेको बताएको छ ।

विरोध कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य आदर्श मल्लले सहकारी विभागलाई यस प्रकरणप्रति गम्भीरतापूर्वक ध्यान दिन, तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारवाही गर्न माग गरे । उनले आफ्नो संगठन प्रतिबद्धतामा अटल रही नेपाली जनताको हित र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने दाबी समेत गरे ।

नेविसंघका काभ्रे जिल्ला सभापति अन्जन राज खतिवडाले आफ्नो मागलाई अनदेखा गरिएमा शक्तिको आडमा नेपाली जनताको हक र अधिकारका लागि निरन्तर संघर्ष गर्ने र आवश्यक राजनीतिक तथा सामाजिक कदम चाल्ने चेतावनी दिए । त्यस्तै, लामिछानेले शक्ति र पदको आडमा अपराध र अपाराधीलाई ढाकछोप गर्ने प्रयासमा रहेको बताउँदै त्यसको कडा प्रतिबाध गर्ने सरोज धोरासैनीले विभागका रजिष्टारलाई चेतावनी दिए ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, नरबहादुर भण्डारी, सरोज थापा, प्रविन जमकट्टेल, अनुराग शाह, एनपी जोशी रेड, आकाश जंग कुँबर, अविषेक दाहाल, धर्मेन्द्र शाही, निर्मला शाह, निलम बोगटी, मोहन कालाथोकी, ई.योगेश मोक्तान, नेविसंघ काभ्रे जिल्ला अध्यक्ष अन्जनराज खतिवडा, नेविसंघ ललितपुर अध्यक्ष सरोज घोरासैनी, जयेन्द्र विश्वकर्मा, राजेन्द्र चटौतलगायत नेताहरुको सहभागीता थियो ।

विद्यार्थीहरुले यस्ता नारा लगाएका थिएः

– गल्ली गल्लीमा स्वर छ,
संसदभित्र सहकारी चोर छ ।

– सहकारी ठगलाई
कारबाही गर ।

– रवि लामिछानेविरुद्ध उजुरी दर्ता गर ।
३६,००० जनताको पैसा फिर्ता गर ।।

– शक्तिको आडमा
जनता लुट्न पाईदैन ।

– सहकारी घोटाला
पीडितलाई न्याय गर ।

– ठग दलाल सांसद रवि लामिछाने
राजिनामा गर ! राजिनामा गर !!

– जनताको पैसा लुट्न पाईदैन, दोषी जोगाउन पाईदैन ।

– विभेद र पुर्वाग्रह मानिँदैन,
ठग व्यक्ति संसदमा चाहिँदैन ।

– सहकारी ठगी प्रष्ट, रवि लामिछाने भ्रष्ट ।

– नेविसंघको खबरदारी, नउम्किउन सहकारीका भ्रष्टाचार ।

– देशमा अर्थतन्त्र मन्द छ, सांसदको सहकारी ठगीको धन्दा छ ।

– सिधाकुरा जनतासंग
पुडासैनी हत्या : तै चुप मै चुप
नागरिकता काण्ड : तै चुप मै चुप
ड्राईभर हत्या : तै चुप मै चुप
सहकारी ठगी  ??

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal