काठमाडौं । अफ्रिका कप अफ नेशन्समा नामेविया र माली विजयी भएका छन् । मंगलबार राति भएको खेलमा नामेवियाले ट्युनेसियालाई १–० गोल अन्तरले पराजित गर्दा मालीले दक्षिण अफ्रिकामाथि २–० गोल अन्तरको जित निकाल्यो ।
स्टेड अमाडु स्टेडियममा ट्युनेसियाले नामेवियाविरुद्ध जित निकाल्नका लागि अन्तिमसम्म कुर्नु परेको थियो । ५३ प्रतिशत बल नियन्त्रणमा राखे पनि नामेवियाले ८८ औं मिनेटमा गोल खान पुगेको थियो । नामेवियाका लागि डियोन होटाले गोल गर्दै समूह ईमा जितका साथ स्पष्ट ३ अंक दिलाए । यसैगरी यही समूहमा रहेको मालीले दक्षिण अफ्रिकाविरुद्ध २–० को जित निकाल्न सफल भयो ।
मालीको जितमा हमारी ट्रेओर र लेसिन फेन्टा मेडीलले एक ÷एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएको हो । ६० औं मिनेटमा हमारीले गोल गर्दै अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा लेसिनले गोल गरेपछि माली २–० ले अघि बढेको थियो । त्यसपछि थप गोल नहुँदा मालीले अन्ततः २–० को जीतका साथ स्पष्ट ३ अंक लिन सफल भयो ।
यो समूहमा माली शीर्ष स्थानमा रहँदा नामेविया दोस्रो स्थानमा रहेको छ । अंक विहीन ट्युनेसिया र दक्षिण अफ्रिका क्रमश तेस्रो र चौथो स्थानमा छन् ।
अफ्रिका कप अन्तर्गत बुधबार २ खेल हुने छन् । राति पौने ११ बजे मोरोक्को र तान्जेनिया तथा पौने २ बजे कंगो र जाम्बियाबीच प्रतिस्पर्धा हुने छ । यी दुवै खेल समूह एफका हुन् ।