आज :

ताइवानका नवनिर्वाचित राष्ट्रपतिले भने-चीनबाट स्वतन्त्रता खोज्दैनौं, बेइजिङले दियो यस्तो चेतावनी

  • अनलाइन डबली

काठमाडौं । ताइवानको नवनिर्वाचित राष्ट्रपतिमा विलियम लाईले आफूले चीनबाट स्वतन्त्रता नखोज्ने बताएका छन् । उनले आफू चीनसँग अवरोध वा द्वन्द्व भन्दा बढी संवाद र आदानप्रदान चाहेको बताएका छन् ।

जितपछिको पहिलो सम्बोधनमा लाईले ताइवानलाई यथास्थितिको अवस्थालाई कायम राख्ने उल्लेख गर्दै सम्भावित खतराबाट आफ्नो देशको रक्षा गर्ने समेत वाचा गरेका छन् ।

अमेरिकी पक्षधर डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का नेता लाईले आफ्नो जितलाई लोकतन्त्रको जित भएको समेत बताए । डीपीपीले तेस्रो पटक राष्ट्रपति जितेको हो ।

जितपछिको पत्रकार सम्मेलनमा बोल्दै लाईले भने, “देशले सही मार्गमा अघि बढ्ने कामलाई निरन्तरता दिनेछ। हामी यता उ ता फर्कँदैनौँ वा पछाडि फर्किँदैनौँ ।” ताइपेईमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले जितलाई लोकतन्त्रको विजयका रूपमा चित्रण गरेका थिए।

उता चीनले भने लाईको जितलाई स्वीकार गरेको छैन । उनले बाह्य हस्तक्षेपका कारण ताइवानका नागरिकले स्वतन्त्ररुपमा मतदान गर्न नपाएको प्रतिक्रिया दिएको छ ।

उता अमेरिकाले भने लाई बधाई दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको विज्ञप्ति जारी गरेर बधाई दिएका थिए।

चीनले अमेरिकाको बधाईप्रति आपत्ति जनाएको छ । ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने प्रतिबद्धताको अमेरिकाले उल्लङ्घन गरेको चीनले चेतावनी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal