आज :

आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन

  • अनलाइन डबली

काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेकोमा १४ जनाले आवेदन बुझाएका छन् ।

मन्त्रालयका अनुसार आवेदन दिनेमा महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौंका उत्तरकुमार रेग्मी, दिलीप शेखर श्रेष्ठ, चितवनका डोलप्रसाद चापागाईं, काठमाडौंका सहदेव चन्द, पंकजकुमार दास, धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, मोरङका माधव रेग्मी र आमोदप्रसाद चौधरी, गोरखाका चण्डिकाप्रसाद, दाङका वसन्तकुमार पाण्डे, बाग्लुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुधनप्रसाद पुडासैनी रहेका छन् ।

०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि नियुक्त भएका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मंसिर २६ मा राजीनामा दिएपछि निगमको कार्यकारी निर्देशक पद रिक्त छ ।

थानीले कार्यकाल सकिन १५ महिना बाँकी हुँदै राजीनामा दिएका हुन् । मन्त्रालयले गएको पुस ७ मा २१ दिनभित्र आवेदन दिन भनेको थियो । आइतबारससम्म (पुस २९) सम्म १४ जनाको आवेदन परेको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

आवेदन दिएका उम्मेदवारबाट व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता हुन्छ । सोही विधिबाट ३ जना छनोट गरी मन्त्रिपरिषद्मा पेस हुन्छ । तीमध्ये मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal