Skip
आज :

त्रिशूलीमा गाडी खसेको सूचना पाएपछि गोताखोर परिचालन, नदी किनारमा भारतीय नम्बर प्लेट

  • अनलाइन डबली

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा त्रिशूली नदीमा गाडी खसेको सूचना आएपछि गोताखोर परिचालन गरिएको छ । उक्त सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट गाडी त्रिशूली नदीमा प्रहरीलाई प्राप्त भएको थियो ।

प्रहरीका अनुसार आज विहान सवा चार बजेतिर गाडी खसेको सूचना स्थानीयले दिएका थिए । त्यसपछि गोताखोरको टोली परिचालन गरिएको हो । गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।

घटनाबारे थप जानकारी प्रप्त नभएको समेत प्रहरीले बताएको छ । प्रहरीले घटनास्थलमा पानीमा बत्ती बलेको जस्तो देखिएको तर अहिले निभेको बताएको छ । बस हो वा सानो गाडी र कताबाट आएको थियो तथा कता जाँदै थियो भन्ने कुरा कुनै जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ ।

तर नदि किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन । नम्बर प्लेट कसैले फ्याँकेको पनि हुनसक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal