आज :

माघमा कुन बैंकले कति ब्याज दिन्छन् ? यस्तो छ घट्दो ब्याजदर

  • अनलाइन डबली

काठमाडौँ । वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण भएको छ । अधिकांश बैंकले ब्याजदर घटाएका छन् ।

पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र संस्थागत मुद्दतिमा औसतमा ०.७६४५५ प्रतिशतले ब्याजदर घटाएका छन् ।

पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ८.९९१०५ थियो भने अब माघका लागि ८.१६७ प्रतिशत निर्धारण भएको छ । त्यस्तै, संस्थागततर्फ पुसमा ६.८८८०५ प्रतिशत रहेकोमा अब घटेर ६.१२३५ कायम भएको छ ।

व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १८ वटा बैंकले ब्याजदर घटाएका छन् भने दुई वटाको ब्याजदर यथावत छ । संस्थागततर्फ पनि उही अवस्था छ ।

नेपाल एसबीआई बैंकले पुसको तुलनामा १.३५ प्रतिशत ब्याजदर घटाएको छ । एसबीआईको ब्याजदर पुसमा व्यक्तिगततर्फ ९.६ प्रतिशत थियो । तर अब माघमा घटेर ८.६ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागततर्फ पुसमा ७.६ प्रतिशत रहेकोमा माघमा घटेर ६.२५ प्रतिशत मात्रै कायम भएको छ ।

पुसको तुलनामा प्राइम कमर्सियल बैंकले १.९ प्रतिशत ब्याजदर घटाएको छ । त्यस्तै, कृषि विकास बैंकले १.२५, लक्ष्मी सनराइजले १, माच्छापुच्छे्रले १.६, सिद्धार्थले १.१५ र कुमारी बंैकले १.२ प्रतिशत ब्याजदर घटाएका छन् ।

माघ महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ५.७६ प्रतिशत व्याजदर कायम गरेको छ ।

त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । एभरेष्ट बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत र एनआइसी एसियाले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर कायम राखेका छन् ।

त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत तर्फ ८.०७ र संस्थागतर्फ ६.०७ प्रतिशत, स्ट्याण्डडर्ड चाटर्ड बैंकले व्यक्तिगत ८.०७ र संस्थागततर्फ ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन् ।

त्यस्तै, प्राइम कमर्सियल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले समान व्यक्तिगततर्फ ८.१ र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal