आज :

बस दुर्घटनाः मृतकको संख्या १२ पुग्यो, २३ को उपचार जारी

  • अनलाइन डबली

काठमाडौं ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गए राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो ।

७ जनाको घटनास्थमै मृत्यु भएको र अन्य पाँच जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए । मृतकहरुमध्ये ८ जनाको पहिचनल खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका– ५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परि घाइते भएका अन्य २३ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको उनले बताए ।

घटना के कसरी भएको भन्नेबारेमा चालकलाई नियन्त्रणमा लिएर उनीमाथि र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal