आज :

पपुवा न्युगिनीमा संकटकाल घोषणा, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौं । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका छन् । दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गरेका हुन्  ।

यससँगै उनले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गरेका छन् । तलब विवादलाई लिएर सुरु भएको दंगाले राजधानी पोर्ट मोरेस्बी र देशको उत्तरमा लाइमा ठूलो क्षति पु¥याएको छ ।

मारापेले शान्तिका लागि जनतालाई अपिल गर्दै सरकारले दंगाको कारणबारे समीक्षा गरिरहेको बताए ।  शान्ति सुरक्षा कायम गर्न थप प्रहरी परिचालन गरिएको छ ।  देशका प्रहरी प्रमुखका साथै अर्थ र कोष विभागका वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ । उनले तलब कटौतीमा प्रशासनिक अनियमितता भएको आरोप लगाए ।

बुधवार राजधानी पोर्ट मोरेस्बीमा सयौं पुलिस अधिकारी, सिपाही, जेल कर्मचारी र निजामती कर्मचारीहरूले तलब कटौतीलाई लिएर आफ्नो जागिर छोडेपछि ठूलो विरोध प्रदर्शन भएको थियो । यस अवधिमा देशमा अराजकता फैलियो र दंगा मच्चिँदा १६ जनाको मृत्यु भएको थियो ।

राजधानी पोर्ट मोरेस्बीमा भएको दंगाका धेरै भिडियोहरू बाहिर आएका छन्। यसले राजधानी पोर्ट मोरेस्बीको सडकमा हजारौं मानिसहरू देखाउँछन् । तीमध्ये धेरैले लुटिएका सामान बोकेर बसेका छन् ।

साथै, सहरमा कालो धुवाँ देखिन्छ । सुन र तामा खानी देशको उत्तरी भागमा पर्ने पोर्ट मोरेस्बीमा भएको दंगामा नौ जना र लाईमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal