आज :

अनलाइनमा जुवा खेलाउने तीन जना पक्राउ, कसरी खेलाउथे जुवा ?

  • अनलाइन डबली

काठमाडौं । अनलाइनमार्फत् जुवा खेलाउँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पाण्डा जस्ता एप्लिकेसनमार्फत् अनलाइनमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई अनलाइनमार्फत् जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ताराप्रकाश साँवाको छोरा २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती घर भई हाल अनामनगर बस्ने नवराज कार्कीको छोरा २१ वर्षीय निशानराज कार्की र सर्लाही बरहथवा घर भई हाल भक्तपुरको सुर्यविनायक बस्ने नारायण गौतमको छोरा २५ वर्षीय निशान गौतम रहेका छन् ।

उनीहरूलाई पक्राउपछि बुधबारै थप कारबाहीकालागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पुजन, निशानराज र निशानले अनलाइनका विभिन्न एपहरूमार्फत् हारजित हुने र आम्दानी हुने भन्दै सट्टेबाजी गराई खेल खेलाउने गरेका थिए । प्रहरीले त्यस्तो कार्यमा प्रयोग हुँदै आएको ल्यापटप र मोवाइलसमेत उनीहरूबाट बरामद गरेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal