Skip
आज :

पोषणयुक्त खाद्यपदार्थ सबैको पहुँचमा पुर्‍याउन सरकार प्रतिवद्ध : मन्त्री रिजाल

  • अनलाइन डबली

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोषणयुक्त खाद्यपदार्थलाई सबै नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालले पोषणयुक्त आहारलाई हरेक नागरिकको मौलिक अधिकारकै रुपमा लिएको भन्दै मन्त्री रिजालले सरकारले सबै प्रकारका कुपोषणको अन्त्य गरेर सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने उदेश्य लिएको बताए ।

बुधबार काठमाडौंमा नेपालमै उत्पादित कुपोषणयुक्त चामलको विक्री वितरण शुभारम्भ गर्दै मन्त्री रिजालले सरकारले पोषणयुक्त चामल उत्पादन गरेर दुर्गमका नागरिकलाई वितरण गर्न लागेको बताए ।

‘सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिवद्धता र संविधानका व्यवस्थाबमोजिम अहिले पोषणयुक्त चामल उत्पादन गरेर वितरण गर्ने कार्यको प्रारम्भ गरेको छ,’ उनले भने, ‘सुरूवातमा सरकारले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोटमा गरी पाँच वटा जिल्लाबाट सहुलियत दरमा वितरण गरिनेछ । यसकालागि अब निजी क्षेत्रले समेत चामलमा पौष्टिक तत्व स्तरोन्नति गरी उत्पादन र विक्री वितरणमा सहयोग पुर्‍याउने आशा गर्दछु ।’

मन्त्री रिजालका अनुसार हाल बर्दियाको राजापुर र धनुषाको जनकपुरमा रहेका दुई वटा मिलमा दातृ निकायको सहयोगमा चालममा पौष्टिक तत्व स्तरोन्नति गर्ने उपकरण जडान गरिएको छ । र, सुरुवातमा त्यहाबाट उत्पादित चामललाई कर्णालीका दुर्गम जिल्लाबाट वितरण सुरू गर्न लागिएको हो ।

‘नेपालमा अझैपनि पूर्णरुपमा खाद्य सुरक्षा कायम हुन सकेको छैन । कुपोषणलाई निर्मूल गर्नुपर्नेछ,’ उनले भने, ‘यसकालागि पौष्टिक तत्वको स्तरोन्नति गरिएको चामलको उत्पादन र प्रयोगलाई सबैले बढावा दिनु आवश्यक छ ।’

पोषणयुक्त खाद्यपदार्थ सबैको पहुँचमा पुर्‍याउन सरकार प्रतिवद्ध स् मन्त्री रिजाल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal