Skip
आज :

प्रहरी प्रवक्ता कडायतसहित १६ डीआईजीको सरूवा, कुन प्रदेशको प्रमुख को ?

  • अनलाइन डबली

काठमाडौं । सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ । मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । जसअन्तर्गत सात वटै प्रदेशका प्रहरी प्रमुखहरू समेत फेरिएका हुन् ।

मन्त्रालयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रहेका डीआईजी कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको प्रमुखकारुपमा सरुवा गरेको छ ।

त्यस्तै, मन्त्रालयले कोशीको प्रहरी प्रमुखमा चन्द्रकुबेर खापङलाई सरूवा गरेको छ । उनी यसअघि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय काठमाडौंमा कार्यरत थिए ।

त्यस्तै, मधेशको प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल, बागमतीको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, गण्डकी प्रहरी प्रमुखमा विकासराज खनाल, कर्णाली प्रहरी प्रमुखमा लालमणि आचार्य र सुदूरपश्चिम प्रहरी प्रमुखमा रविन्द्र केसीलाई सरुवा गरिएको छ ।

मन्त्रालयले डिआईजी बुद्धिराज गुरूङलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा तानेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोमा डिआईजी किरण राणा, प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा डिआईजी राजेशनाथ बास्तोला र प्रहरी प्रधान कार्यालयको कार्यविभागमा डिआईजी भरतबहादुर बोहरालाई तानेको छ ।

त्यस्तै, डिआईजी भीमप्रसाद ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् भने डिआईजी दुर्गा सिंह उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएकी छिन् ।

त्यस्तै, डिआईजी उत्तमराज जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिान तानिएका छन् भने डिआईजी जनक भट्टराईलाई अपराध अनुसन्धान निर्देशनालयमा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal