काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन भनेको छ । पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार प्राधिकरणबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।
प्राधिकरणले सूचना जारी गरेर सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन भनेको हो ।
यो अबधिमा उपस्थित नहुने ग्राहकहरुको लाइन काट्ने तयारी गरेको प्राधिकरण स्रोतले बतायो ।