काठमाडौँ । प्रहरीले फेरि प्रदर्शनकारीमाथि गोली चलाएको छ । सर्लाहीको बरहथवामा नगर अस्पताललाई स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाएर हस्तान्तरणको विषयमा भएको प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ घर भएका जयशंकर शाहको मृत्यु भएको हो ।
प्रदर्शनकारीले मेयर कल्पना कुमारीको घर सँगैको जस्ताको टहरो र गाडी जलाएपछि प्रहरीले गोली चलाएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्दा शाहलाई लागेको प्रहरीले बताएको छ ।