आज :

बंगलादेश आम निर्वाचनः मतदानको ४८ घण्टा अघि विपक्षी दल बीएनपीद्वारा आम हडतालको घोषणा

  • अनलाइन डबली

काठमाडौं । बंगलादेशमा आम चुनावका लागि आउँदो आइतबार मतदान हुँदैछ ।

सत्तारुढ दल जसरी पनि चुनाव गराउने र विपक्षी दल जसरी पनि विथोल्ने रणनीतिमा उत्रिदा सुरक्षा व्यवस्था विथोलिन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बंगलादेशको प्रमुख विपक्षी दल बीएनपीले आम निर्वाचनको विरोधमा बिहीबारदेखि ४८ घण्टाको राष्ट्रव्यापी आम हडतालको घोषणा गरेको छ ।

चुनावको मिति घोषणा भएदेखि नै बिएनपीले यी निर्वाचन बहिष्कार गर्दै आएको छ ।

वर्तमान प्रधानमन्त्री शेख हसिनाको उपस्थितिमा देशभर निष्पक्ष निर्वाचन हुन नसक्ने बीएनपीले लगातार आरोपहरु लगाउँदै आएको छ ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले देश भरी चुनाव गराउन अन्तरिम निर्दलीय तटस्थ सरकारको माग गरेको छ ।

सत्तारुढ अवामी लिग सरकारले यो मागलाई अस्वीकार गरेको छ । बिएनपीका सह वरिष्ठ महासचिव रुहुल कबीर रिजभीले बिहीबार पत्रकार सम्मेलन गरी आमहड्तालको घोषणा गरेका हुन् ।

हडतालका क्रममा पक्राउ परेका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र स्थायी समिति सदस्य अमिर खसरु महमुद चौधरीलगायतका नेताहरुको रिहाइको पनि माग गर्दै आएको छ ।

ह्युमन राइट्स वाचका अनुसार प्रहरीले हजारौं विपक्षी कार्यकर्ता र व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

विगत तीन महिनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । राजनैतिक हिंसामा बस र ट्रक सहित कैयौं सवारी साधनमा आगजनी गरिएको थियो ।

सरकारले सशस्त्र बल बाहेक कोस्ट गार्ड, बोर्डर गार्ड बंगलादेश (बीजीबी) र ¥यापिड एक्सन बटालियन (आरएबी) का सदस्यहरू पनि चुनावी काममा खटाएका छन् । चुनावका लागि देशभर अर्धसैनिक सीमा गार्डको एक हजार एक सय ५१ प्लाटुन तैनाथ गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal