आज :

मेलम्ची खानेपानी आयोजना मर्मतको काम अबको १० दिनभित्र काम सम्पन्न हुने

  • अनलाइन डबली

काठमाडौं । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ ।  बाढीले क्षतिग्रस्त भएको संरचनामा मर्मत गरि अहिले पुनः पानी पथान्तरण सुचारु गर्न काम भइरहेको जनाइएको छ ।

हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलको अवलोकनका लागि पुगेको प्रतिनिधिमण्डललाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले ७० प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

इन्जिनियर कुँवरले बाँकी काम केही कठिन रहेको बताउँदै जस्तो परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको पनि बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी पुर्‍याउने गरी काम गरिरहेको बताउनुभयो । अवलोकन प्रतिनिधिमण्डलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसदहरु, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायत रहेका थिए ।

आयोजनामा हाल ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal