आज :

प्यालेस्टाइनीप्रति अमेरिका झन् अमानवीय बन्दै, गाजामा युद्धविराम गर्ने प्रस्तावमा भिटो प्रयोग

  • अनलाइन डबली

काठमाडौं । अरुलाई मानव अधिकारको पाठ सिकाउने अमेरिकाले प्यालेस्टाइनीप्रति अमानवीय बन्दै गएको छ । गाजामा मानवीय साहयता समेत जान नसकेपछि तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ।

गाजाका नागरिकले मानव अधिकार समेत प्रयोग गर्न नपाएको भन्दै तत्काल युद्धविराम गर्नुपर्ने भन्दै राष्ट्रसंघले सो प्रस्ताव गरेको थियो तर अमेरिकाले फेल गराइदियो । इजरायलले गाजामा मानव अधिकारको गम्भीर उलंघन गरिरहेको छ । आम नरसंहार भइरहेको छ ।

इजरायली हमलामा परी अहिलेसम्म करिब १८ हजार नागरिकको हत्या भइसकेको छ । पानी-विजुली बन्द गरेर इजरायलले स्थल र हवाइ हमला जारी राखेको छ ।

संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार मतदान गरेका थिए ।बेलायत भने मतदानमा सहभागि नै भएन भने अमेरिकाले भिटो प्रयोग गरेको थियो ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन धारा ९९ प्रयोग गरेपछि मतदान भएको हो ।

इजरायल र गाजाबीचको युद्ध जारी छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परि १७ हजार ४ सय ८० भन्दा बढी मानिस मारिएको जनाएको छ ।

अमेरिकाले भिटो प्रयोग गरेसँगै उ प्यालेस्टाइनप्रति झन‍् मानवीय बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal