आज :

चार बर्षपछि इटाली बीआरआई परियोजनाबाट बाहिरियो, कस्तो होला चीनसँगको सम्बन्ध ?

  • अनलाइन डबली

एजेन्सी । इटालीले आधिकारिक रूपमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना छोडेको छ । ४ वर्षपछि इटाली सरकार चीनसँगको सम्झौताबाट पछि हटेको हो ।

इटाली पहिलो पटक २०१९ मा यस परियोजनामा सामेल भएको थियो । यो परियोजना मार्च २०२४ मा सकिँदै थियो । इटालीले यस अवधिभन्दा तीन महिनाअघि चीनलाई सूचना दिएको थियो ।

रोयटर्सका अनुसार एक चीनलाई पठाएको पत्रमा इटालीले बीआरआई सम्झौता नवीकरण नगर्ने उल्लेख छ ।

चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा महत्वाकाँक्षी योजनाको रुपमा बीआरआई घोषणा गरेका थिए ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई नयाँ सिल्क रुट पनि भनिन्छ । यो धेरै देशको कनेक्टिभिटी प्रोजेक्ट हो । बीआरआई अन्तर्गत एसिया, युरोप र अफ्रिकाका ७० देशलाई रेल, सडक र समुद्रबाट जोड्ने योजना छ ।

इटालीले आफ्नो अर्थतन्त्र र राम्रो पूर्वाधारको विकासका लागि बाह्य लगानीको कडा आवश्यकता महसुस गरिरहेको बेला चीनको बीआरआई परियोजनामा सामेल भएको थियो । अन्य युरोपेली देशहरू जस्तै इटालीले पनि पछिल्लो दशकमा तीनवटा मन्दीको सामना गरेको थियो।

युरोपियन युनियनसँग इटालीको सम्बन्ध राम्रो थिएन । यस्तो अवस्थामा वैदेशिक लगानीबाट देशको अर्थतन्त्रलाई टेवा दिन इटालीले चीनसँगको सम्बन्ध बढाएको थियो । बिआरआईबाट बाहिरिएसँगै अब चीन र इटलीबीचको सम्बन्धलाई लिएर विभिन्न विश्लेषण सुरु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal