आज :

गृहमन्त्री श्रेष्ठको मुटुको अर्कोपट्टीको धमनिको पनि अप्रेसन, कस्तो छ स्वास्थ्य अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुटुको अर्को धमनीमा अवरोध देखिएपछि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् ।

गृहमन्त्रालका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गरेर मन्त्री श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीको पनि डा. अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको जानकारी दिएका छन् ।

गृहमन्त्री श्रेष्ठको सघन उपचार कक्षमै रहेपनि स्वास्थ्य अवस्था स्थिर रहेको प्रवक्ता भट्टराईले बताएका छन् ।

चीनको भ्रमणमा रहेको बेला गत असोज ३० देखि कार्तिक १ सम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो ।

स्वास्थ्य केही असहज भएपछि श्रेष्ठ मंगलबार साँझ अस्तपाल भर्ना भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal