
काठमाडौं । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ गृहजिल्ला रुकुम पश्चिमका भूकम्प पीडितको लागि अस्थायी घर निर्माणमा जुटिरहेका छन् । भूकम्प गएको भोलिदेखि नै प्रभाकर जिल्लामै छन् ।
उद्दार-राहतको पहिलो चरणको कार्यक्रम सकेर अहिले अस्थायी घर निर्माणमा जुटेका प्रभाकर निकै व्यस्त हुन्छ । जिल्ला पार्टीलाई स्वयमसेवक दललमा परिणत गरेर प्रभाकार त्रिपालमुनी राति काटिरहेका भूकम्प पीडितलाई अस्थायी घरमा बसाल्न युद्धस्तरमा काम गरिरहेका छन् ।
प्रभाकरले आफ्नो दैनिक सुनाउँदै भने, ‘विहान ६ बजे उठ्छु, गाउँतिर कहाँ के भयो ? कति काम भयो ? साथीहरुले त्यो दिनको योजना सुनाउने र परिचान भए नभएको जानकारी लिन्छु, राति कतिखेर सुत्ने बेला हुन्छ थाहा नै हुँदैन ।’ उनले बुढापाका र सुत्केरी तथा गर्भवती महिलालाई प्राथमिकता राखेर काम जारी रहेको बताए ।
जनार्दनको खाना र खाजा पनि निर्माण दल र जनताको घरमै हुन्छ । जिल्लाभरीका विभिन्न बस्तीमा पुगेर जानकारी लिने काम पनि जनार्दनले गरिरहेका छन् ।
जनार्दन आफै काममा खटिएपछि जिल्लाका नेता कार्यकर्ता र बाहिरबाट गएकाहरु पनि रातदिन खटिरहेका छन् ।
मंसिर महिनाभित्रै दुबै जिल्लाका पीडितलाई अस्थायी घरमा बसाल्ने गरी सरकारसँग पनि समन्वय गरिरहेका छन् । सरकारले अस्थायी घर निर्माणको लागि सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।