आज :

कालु गुरुङले हडप्न लागेको मिनभवनस्थित अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा

  • अनलाइन डबली

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँको मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँले अवालेको चार रोपनीभन्दा बढी उक्त जग्गा भूमाफियाहरुले षड्यन्त्रपूर्ण तरिकाले कब्जा गरेको भन्दै झण्डा गाढेर नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

सो जग्गा जिल्ला संगठन समिति काठमाडौँले व्यानर र झण्डा गाढ्दै किनबेच नगर्न समेत चेतावनी दिएको छ । भूमाफियाहरुले अदालत र प्रशासनसँगको सेटिङमा जग्गा कब्जा गरेको, अवाले परिवारको उठिबास लगाउन लागेको भन्दै जग्गा नियन्त्रणमा लिएको बताएको छ ।

“भूमाफियाहरु काठमाडौँ महानगर, प्रहरी प्रशासनको आडमा पीडित अवाले परिवारलाई नै उठिबास लगाउने लागेका छन् । महानगर पनि भूमाफियाकै पक्षमा उभिँदै दुई पटकसम्म घर खाली गर्न पत्राचार समेत गरेको छ । आजको दिनबाट उक्त जग्गा पार्टीको नियन्त्रणमा रहनेछ । यसको छानविन गरेर पीडितलाई न्याय दिलाउन र भूमाफियाको पञ्जाबाट जग्गा फिर्ता ल्याउन पार्टी आफ्नो सम्पूर्ण तागत लगाउनेछ । पार्टीले अन्तिम निर्णय नगर्दासम्म यो जग्गा किनबेच गर्न र अवाले परिवारको उठिबास नलगाउने समेत चेतावनी दिन्छौं” सो क्षेत्रमा छरिएको पर्चामा उल्लेख छ ।

प्रहरी प्रशासनको आडमा अवाले परिवारको उठिबास लगाउने र जग्गा कब्जा गर्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको भागिदार स्वयम् हुने समेत क्रान्तिकारी कम्युनिस्ट पार्टीले चेतावनी दिएको छ ।

यस्तो छ पर्चाः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal