आज :

हमास र इजरायलबीच फेरि युद्ध सुरु, ९ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । अस्थायी युद्धविरामको अवधि सकिएसागै हमास र इजरायबीच फेरि युद्ध सुरु भएको छ । युद्धविराममा पनि फाटफुट सैन्य कारवाहीलाई जारी राखेको इजरायलले गाजामा मानिसहरुले आश्रय लिइरहेको स्थानमा आक्रमण गरेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मध्य गाजाको अल–मगाजी क्षेत्रमा भएको हमलामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । इजरायलले खान युनिसका बासिन्दालाई यस क्षेत्रमा अपेक्षित आक्रमण हुनुअघि नै छोड्न आग्रह गरिरहेको थियो ।

नोभेम्बर २४ मा शुरू भएको र दुई पटक विस्तार गरिएको सात दिनको युद्धविरामका क्रममा दुवै तर्फबाट केही बन्दी र कैदी रिहा भएका थिए ।

गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal