आज :

दक्षिण कोरियाको दक्षिणपूर्वी सहर ग्योङजुमा भूकम्प, लगातार पाँचवटा पराकम्पन

  • अनलाइन डबली

काठमाडौं । बिहीबार बिहानै कोरियाको दक्षिणपूर्वी सहर ग्योङजुमा ४.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पछि त्यहाँको गृह मन्त्रालयले सर्तकता अपनाउन तथा पूर्वतयारी गर्न निर्देशन दिएको छ ।

तर, भूकम्पबाट कुनै क्षति भने नभएको त्यँहाको राज्यको मौसम विभागले जनाएको छ ।

सोलबाट २७७ किलोमिटर दक्षिणपूर्वमा रहेको सहरमा बिहान ४ः५५ बजे करिब १२ किलोमिटर गहिराइमा भूकम्प गएको थियो ।

त्यसपछि बिहान ५ः५० बजेसम्म पाँच पटक पराकम्प गएको कोरिया मौसम विज्ञान प्रशासनले जनाएको छ ।

यो वर्ष कोरियाली प्रायद्वीप वा यसको वरपरको पानीमा आएको यो दोस्रो सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

दमकल अधिकारीहरूले बिहान ५ बजेसम्म १०७ वटा कम्पको रिपोर्ट प्राप्त गरेको तर अहिलेसम्म कुनै क्षति नभएको बताए ।

कोरिया हाइड्रो एण्ड न्यूक्लियर पावर कम्पनी, आणविक र जलविद्युत प्लान्टको सञ्चालकले भूकम्पले आफ्ना आणविक उर्जा प्लान्टको सञ्चालनमा कुनै असर नपरेको र सामान्य रुपमा चलिरहेको बताएको छ ।

बिहीबारको भूकम्पको केन्द्रविन्दुको ५० किलोमिटरको दायराभित्र सन् १९७८ यता २ म्याग्निच्युड वा सोभन्दामाथिका ४ सय १८ वटा भूकम्प गएको छ ।

गृह मन्त्रालयले आफ्नो केन्द्रीय प्रकोप र सुरक्षा काउन्टरमेजर मुख्यालय, राष्ट्रको विपद् नियन्त्रण टावरको सतर्कता स्तरलाई बढाएको छ । ‘सतर्कता’ को तेस्रो ठूलो भूकम्पको अलर्ट पनि जारी गरिएको छ ।

गृहमन्त्रालयले भूकम्पपछिको अवस्था बुझ्न आकस्मिक बैठक बोलाएको छ ।

बैठकमा मन्त्री ली साङ–मिनले क्षतिको तत्काल आँकलन गर्न र आवश्यक पूर्वतयारीका कदम चाल्न सम्बन्धित मन्त्रालय र क्षेत्रीय सरकारहरूसँगको सहकार्यमा गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal