
काठमाडौं । चिसो बढेको छ । पश्चिमी वायुको प्रभावसँगै मौसम बदली भएसँगै केहीयता चिसो ह्वात्तै बढेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले चिसो बढेको छ ।
हाल देशको कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि मौसम सामान्य बदली रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको हुने विभागले जनाएको छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
चिसो बढेसँगै त्रिपालमुनी रात कटाइरहेका भूकम्प पीडितको अवस्था दयनीय बन्दै गएको छ ।