आज :

दुर्गा प्रसाईका स्वकीय सचिव पक्राउ, आन्दोलनमा धक्का

  • अनलाइन डबली

 

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव भनिएका विनञ्जय थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले सामाजिक सदभाव भड्काउनेमा लागेको भन्दै प्रहरीले थापासहित १५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ । उनीहरुलाई सिनामंगलबाट पक्राउ गरिएको हो ।

धर्मको नाममा उत्तेजक भाषण गर्दै आइरहेको विवादित श्रीनिवास आचार्यसहित १४ जनालाई सोमबार पक्राउ गरेको थियो ।

प्रसाईले आन्दोलन परिचालनको मुख्य जिम्मा दिएका थापालाई नै प्रहरीले पक्राउ गरेपछि उनलाई ठूलै धक्का लागेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal