आज :

लकडाउनले धकेलिएको गायन प्रतियोगीता तीन वर्ष पछि सम्पन्न

  • अनलाइन डबली

ललितपुर।राजोपाध्याय समाज भित्रका गायन प्रतिभाको खोजी अन्तर्गत गरिएको गायन प्रतियोगीतामा सक्षम शर्मा राजोपाध्याय विजयी भएका छन् । राजोपाध्याय समाजको आयोजनामा शनिबार ललितपुरमा सम्पन्न प्रतियोगीताको फाइनल राउन्डमा सक्षमले अंकित अमरु श्रेष्ठको ‘लजाएर एक्लै बसेकी किन मायालु’ गीत गाउँदै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।
त्यसैगरी प्रतियोगीतामा सुभिया राजोपाध्याय दोश्रो भइन् भने सौरभ राजोपाध्यायले तेश्रो स्थान हासिल गरे । सुभियाले क्रमशः नेपालको ‘मेरो माया’ गाएकी थिइन् भने सौरभले १९७४ एडि ब्यान्डको ‘परेलीमा लुकाइराख न’ गाएका थिए । विजयी प्रतियोगीतीहरुलाई निर्णायक मण्डलका सदस्य कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रिन्सिपल, गायक धनबहादुर गोपालीले ट्रफि प्रदान गरे । नगद पुरस्कार भने पौष महिनामा आयोजना गरिने समाजको वार्षिक साधारण सभामा प्रदान गरिने समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले जानकारी दिए । प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः रु. दश हजार, रु. सात हजार र रु. चार हजार नगद पुरस्कारको व्यवस्था गरिएको समाजले जनाएको छ ।
विजेताहरुको नाम निर्णायक मण्डलका सदस्य गोपालीले घोषणा गरेका थिए । सो क्रममा गायक गोपालीले विगतमा कला क्षेत्रलाई हेयको दृष्टिले हेर्ने गरिएकोमा अहिले यो क्षेत्र पनि सम्मानित बनेको भन्दै अभिभावकले आफ्ना सन्तानलाई कला क्षेत्रमा अग्रसर हुन प्रोत्साहन दिन आग्रह गरे । निर्णायक मण्डलमा गोपालीको साथमा संगीत संयोजक, क्लासिकल गितारिस्ट भुपेन्द्र बज्राचार्य र नेपालका पहिलो हवाइन गितारिस्ट ईश्वर जोशी रहेका थिए ।
कार्यक्रममा गायक सुरजबीर बज्राचार्य, निर्णायक मण्डलका सदस्य साथै संगीत संयोजक र गायक भुपेन्द्र बज्राचार्यको पनि प्रस्तुति रहेको थियो । साथमा मुनिन्द्र ज्वालानन्द राजोपाध्याय र विनित ज्वालानन्द राजोपाध्यायले सारंगी र बाँसुरी वादन प्रस्तुत गरेका थिए ।
कार्यक्रम संयोजक साथै समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्यायले समाज भित्र लुकेर बसेका प्रतिभा उजागर गर्न कार्यक्रमको आयोजना गरिएको बताए । प्रतियोगीताको लागि अडिसन भने २०७६ फागुन १७ गते नै सम्पन्न भइसकेको थियो । कोरोना महामारी, डेंगुको प्रकोप लगायत विविध कारणले फाइनल प्रतिस्पर्धा ढिला हुन गएको कार्यक्रम संयोजक राजोपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal