काठमाडौँ । अखिल क्रान्तिकारी भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा जुटेको छ ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले एक महिनासम्म भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणमा जुटेको हो ।
संगठनका अध्यक्ष पञ्चा सिंहका अनुसार २ सय स्वयमसेवकहरु एक महिनासम्म पुनर्निर्माणमा खटिने छन् । जनताको संकटमा साथी बन्न पुनर्निर्माणमा खटिएको अध्यक्ष सिंहले बताएकी छन् ।