आज :

दुर्गाको बोली फेरियोः हामी व्यवस्था विरोधी होइनौं, नेताका आचरण विरोधी हौं

  • अनलाइन डबली

काठमाडौँ । गणतन्त्रको ठाउँमा राजतन्त्र ल्याउने भन्दै सडक आन्दोलनमा उत्रिएका व्यवसायी दुर्गा प्रसाईको नयाँ भनाई सार्वजनिक भएको छ । विहीबार गणतन्त्र हटाएर राजतन्त्र नफर्काएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका प्रसाईले आज आफ्नो निवास बाहिर व्यवस्था विरोधी नभएको बताए ।

कार्यक्रमस्थलको यकिन नभएको भन्दै प्रसाईलाई घरमै रोकेपछि केही युट्युबरसँगको बोल्दै प्रसाईले भने, “हामी व्यवस्था विरोधी होइनौं, नेताका आचरण बदलिए, हिजो के भनेका थिए आज के गर्दैछन् ? हामी आचरण विरोधी हौं ।”

आफूले जनताको आवाज उठाएकोले घरमै नजरबन्द हुनुपर्ने अवस्था सिर्जना भएको बताउँदै प्रसाईले काठमाडौँ खाली हुने भन्दै नेवार समुदायलाई घरभाडा आउन नसक्ने भन्दै आफ्नो आन्दोलनमा आउन अपील गरे ।

उनले काठमाडौँबासीको घरजग्गाको लालपूर्जा केही मारबाडीहरुसँग हुने दाबी गर्दै काठमाडौँका व्यवसायीलाई बचाउन बाहिरबाट आएका आफ्ना समर्थकमाथि कुटपिट भएको समेत बताए ।

प्रसाईले राजतन्त्रको पक्षमा नारा लगाएका कारण केही राजावादीहरुको सहानुभूति बटुलेका थिए । तर, आज व्यवस्थाको विरोधी नभएको बताएसँगै राजावादीहरु उनिसँग सशंक्ति हुने अवस्था सिर्जना भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई सत्ता पुर्याउन आफ्नो पनि भूमिका रहेको बताउँदै अहिले जनतासँग गरेको वाचा भुलेको आरोप लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal