काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुनेबाट दुर्गा प्रसाईंका समर्थकलाई पक्राउ गरेको हो । प्रशासनसँग समन्वय नगरी तीनकुनेमा कार्यक्रम राखेको भन्दै प्रहरीले तीनकुने पुगेका उनका कार्यकर्तालाई २६ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई अहिले काठमाडौँको तीनकुनेमा राखिएको छ ।
प्रहरीका अनुसार प्रहरीले पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पा, बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्रीलगायत रहेका छन् ।
उता जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुर्गा प्रसाईँलाई भक्तपुरमै रोकेर राखेको छ । कार्यक्रमस्थल यकिन भएसम्म प्रसाईँलाई काठमाडौँ बाहिर ननिस्कन दिने प्रशासनले जनाएको ।


अनलाइन डबली

