काठमाडौं । नेपालमा फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राति १ बजे १९ मिनेटमा ४ दशमलव ५ म्याग्नेच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ ।
चित्लाङ आसपास रहेको केन्द्रले जनाएको भूकम्पले काठमाडौं उपत्यकासहित मकवानपुर, धादिङलगायतका क्षेत्रमा धक्का महशुस भएको थियो ।
भूकम्पले ठूलै झट्का दिएपनि क्षतिको विवरण भने अहिलेसम्म आइसकेकाे छैन ।
जाजरकोट केन्द्र बनाएर गएको भूकम्प कारण ठूलो जनधनको क्षति भइरहेको बेला मकवानपुर केन्द्र बनाएर फेरि भूकम्प गएको छ ।