आज :

पर्यटन ऐन संशोधन प्रक्रिया अघि बढाइएको छः राज्यमन्त्री श्रीपाइली

  • अनलाइन डबली

काठमाडौं । पर्यटन, संस्कृति एवं नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाइलीले पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढाइएको बताएकी छन् ।

बुधबार काठमाडौंमा भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘भरतपुर घुमौं २०२४’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपाइलीले सम्भावनाहरुलाई विकासमा नजोड्ने या सम्भावनाको उपलब्धि हातमा नआउने कारण ऐन कानून नै रहेको भन्दै पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताएकी हुन् ।

उनले भनिन्, ‘पर्यटनसम्बन्धी ऐनहरु संशोधन नहुँदा कहीँ न कहीँ सम्भावनाहरुलाई विकासमा नजोड्ने या सम्भावनाको उपलब्धि प्राप्त नहुने अवस्था भएकाले पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढाएका छौं ।’

उनले विज्ञहरुको सुझाव लिएर लामो समयसम्म आमजनता र पर्यटकले अनुभव गर्नेगरी ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताइन् ।

‘विज्ञहरुको सुझाव लिएर लामो समयसम्म पर्यटक र आम जनताले अनुभव गर्नेगरी कसरी हुन सक्छ भनेर संशोधनको प्रक्रिया अगाडि बढाइएको छ’ मन्त्री श्रीपाईलीले भनिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal