आज :

शंखधर साख्वाले देखेको सपना पूरा गर्न सरकार अगाडि बढिरहेको छः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय, समानताको पक्षमा अगाडि बढ्न गरिरहेको कोशिस शंखधर साख्वाले देखेको सपनाको निरन्तरता भएको बताएकी छन् ।

‘हामीले देशमा भएको थुप्रै समस्या समाधान गरेर जने क्रममा सुशासन,सामाजिक न्याय,समानताको पक्षमा जसरी अगाडि बढ्ने कोशिस गरिरहेको छौ, यो कोशिस पनि शंखधर साख्वाले देखेको सपनाको निरन्तरता हो भन्ने ठान्छु ।’

राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री शर्माले नेपाल संवत ११४४ सुरु भएदेखि सबै सरकारी कागजातमा कामकाजी भाषामा नेपाल भाषाको प्रयोग गर्ने सरकारको निणर्यले साख्वाले देखाएको बाटोमा समाजलाई लैजान थप मद्दत पुग्ने धारणा राखिन ।

सो कार्यक्रममा काठमाडौं महानगरपालिका उप–प्रमुख सुनिता डंगोलले पद्मरत्न तुलाधारको नाममा स्थापित पद्मरत्न तुलाधर लुमति गुठीले गरिरहेको राम्रा कामको निरन्तरताका लागि महानगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताएकी छन् ।

डंगोलले भनिन्, ‘कामठमाडौं महानगरपालिकाले पद्मरत्न तुलाधर लुमति गुठीले गरिरहेको राम्रा कामलाई ठूलो स्केलमा गर्नुपर्छ भनेर औपचारिक र संस्थागत रुपमा कामहरु अगाडि बढाउनुपर्छ भनेर महानगरको ‘कल्चरल सिटि’ को भिजनमा अनुसार गुठीलाई १० लाख बजेट दिने निणर्य गरेका छौं । पद्मरत्न तुलाधरज्युले जुन सपना देख्नुभएको छ र शंखधर साख्वा दिवस मनाइरहेको महत्व छ, यो लक्ष्य पूरा गर्नको लागि तुलाधरको नाममा स्थापित पद्मरत्न तुलाधर लुमति गुठीले त्यो कार्यलाई अगाडि बढाओस भन्नका लागि महानगरले बजेट बिनियोजन गरेको हो ।’

उपप्रमुख डंगोलले नेपाल भाषाको सरकारी कामकाजको कार्यान्वयनमा स्थानीय जनतको महत्वपूर्ण भूमिका हुने भन्दै उनले नेपाल संवत मनाउने नीतिगत निणर्यसँगै त्यसको कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् । उनले बालबालिकालाई स्थानीय रहनसहन, परम्परा, संस्कृतिलगायतका विविध कुराहरु सिकाउन स्थानीय सरकार सँगै घरपरिवारको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसको लागि आग्रह गरिन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal