आज :

पूर्वजनमुक्ति सेनाका कमाण्डर डाइमण्ड रुसी सेनामा भर्ना, युक्रेन युद्धमा जानुअघि लेखे भाबुक स्टाटस

  • अनलाइन डबली

काठमाडौँ । पूर्व जनमुक्ति सेनाका एक कमाण्डर रुसी सेनामा भर्ना भएर युक्रेन युद्धमा सहभागी भएका छन् । युक्रेन युद्धमा जानुअघि डाइमण्डले जनयुद्धमा जनताको मुक्तिको लागि बन्दु बोकेको तर अहिले अरुको देशको रक्षा विस्तारसँगै परिवारको व्यवास्थापनको लागि रुसी सेनामा भर्ना भएको बताएका छन् ।

विप्वल नेतृत्वको नेकपाको म्याग्दी सेक्रेटरी समेत रहेका डाइमण्डले लेनिनको देशबाट अभिवादन भन्दै लेखेको स्टाटास यस्तो छः

लेनिनको देशवाट अभिवादन ।

लेनिनको देशमा पुगेर पुटिनको सिपाहीको रुपमा जिम्मेवारी सुरु गरेपश्चात विविध कारणले करिब १ महिना सामाजिक सञ्जालमा उपस्थिति जनाउन सकिएन, यद्यपि सवैप्रतिको मिठो सम्झना यथावत् नै थियो र छ । राईफल त हिजो दशवर्षे जनयुद्धमा पनि बोकेकै हो र आज पनि बोकिएको छ तर उद्देश्य नितान्त भिन्न छ, अर्थात हिजो नेपाली जनताको मुक्तिको लागि र आज पराई भूमिको रक्षा र विस्तार एवम् आफ्नो पारिवारिक व्यवस्थापनको लागि । राजनीति पनि गरौं त्यसैको सहारामा मिलाएर पारिवारिक व्यवस्थापन पनि गरौ भन्ने सोँच राखेको भए पार्टी विभाजनपछि २०७१ मै विप्लव नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी भईसकिएको थियो, अहिलेसम्म सिसिएम वनिसकिन्थ्यो, त्यसैको सहारामा सानोतिनो व्यवसाय गरेर सामान्य पारिवारिक व्यवस्थापन गर्न त्यति कठिन थिएन तर फेयर राजनीति गर्न खोज्ने,आफ्नो कारण आफु स्वयम र पार्टीलाई कुनै दाग नलागोस भन्ने पवित्र सोच राख्ने म जस्तो पात्रले दायाँबायाँ सोच्ने प्रश्नै रहेन, पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफु र पार्टीलाई समेत वदनाम गर्नुभन्दा बरु विदेश गई रगत–पसिना बगाएर परिवारको उचित व्यवस्थापनसँगै पार्टी आन्दोलनलाई आर्थिक, नैतिक, वैचारिक सहयोग एवम् समर्थन गर्नु नै बेहत्तर लाग्यो र अर्को चुनौतीपूर्ण यात्रा सुरु गर्ने कठोर निर्णय गरियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal