आज :

आज आइसीसी विश्वकपको फाइनल: उपाधिको लागि दुई दशकपछि भारत र अष्ट्रेलिया भिड्दै

  • अनलाइन डबली

काठमाडौं । आइसिसी विश्वकप २०२३ को फाइनलमा भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल आज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ ।

नरेन्द्र मोदी स्टेडियमा दुई देशबीचको फाइनल खेल सुरु हुनुपूर्व एक भव्य सांगितिक समारोहको आयोजना हुनेछ । फाइनल खेल प्रत्यक्ष हेर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं स्टेडियममा जानेछन् ।

समूह चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो । तर, जारी विश्वकपमा लिगका ९ खेल जितेको भारत अपराजित एक्लो टोली हो ।आइतबारको फाइनल भारतको चौथो र अष्ट्रेलियाको आठौं हो ।

हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधी जित्दा भारतले दुई पटक मात्रै जितेको छ । यस्तै वेष्ट इन्डिजले दुई पटक, इंग्ल्याण्ड, श्रीलंका र पाकिस्तानले एक÷एक पटक विश्वकपको उपाधी जितेका छन् ।

अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो । भारतले १९८३ र २०११ को उपाधी जितेको थियो । २००३ मा भने अस्ट्रेलियाले भारतलाई फाइलनमा हराएको थियो । त्यसपछि आज यी दुई टोली उपाधी भिडन्त गर्दैछन् । दुई दशकपछि हुन लागको फाइनल खेलमा आज दुवै टोली जित्न चाहान्छन् । यी दुईबीचको उपाधी भिडन्त रोचक हुने देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal